नेपाल मेरो प्यारो देश हो। यो हिमाल, पहाड र तराईले सजिएको सुन्दर देश हो। संसारकै अग्लो हिमाल सगरमाथा हाम्रै देशमा छ। यहाँ विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू मिलेर बस्छन्।
नेपाललाई गौतम बुद्धको जन्मस्थलका रूपमा पनि चिनिन्छ। हाम्रो देशको प्राकृतिक सुन्दरता अतुलनीय छ। हरिया वन, नदीनाला र तालले देशलाई झनै सुन्दर बनाएका छन्। कर्णाली प्रदेशको रारा ताल त साँच्चै स्वर्गझैं लाग्छ।
म आफ्नो देशप्रति गर्व गर्छु। असल नागरिक बनेर देशको सेवा गर्नु नै मेरो कर्तव्य हो॥